लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’
२०८२ असार १९ विहिवार
- नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन् ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘पूँजीवाद र समाजवादको एउटा आधारभूत अन्तर भनेको पूँजीवाद व्यक्तिवादमा आधारित छ भने समाजवाद सामूहिकतामा आधारित दर्शन हो । तर आजभोलि व्यवहारमा व्यक्तिवादको प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ ।’
संविधानमा उल्लेखित प्रगतिशील र लोकप्रिय मूल्यहरू उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भएको आरोप लगाए ।
उनले संविधानमा उल्लेख गरिएका मूल मान्यता र मूल्यहरूलाई इमान्दारीपूर्वक लागू गर्ने एउटा विचार र प्रवृत्ति भएको उल्लेख गर्दै त्यसको विरुद्धमा संविधानमै भएका उपलब्धिहरूलाई कमजोर पार्ने अभियान पनि चलिरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’